परिचय
परिचय
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।१२।२७ को निर्णयअनुसार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय मकवानपुरको एउटा इकाइको रुपमा शिक्षा विकास तथा समन्वय इकाइ, मकवानपुर स्थापना भएको हो । जम्मा ८ जना कर्मचारी रहने गरी स्थापना भएको यो इकाइ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिल्लास्तरीय शिक्षा प्रशासन र समन्वयको संक्रमणकालीन व्यवस्था हो । २०७४ साल चैत २८ गते जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालयअन्तर्गत स्थापना भएको शिक्षा विकास तथा समन्वय इकाइ मन्त्रिपरिषदको मिति २०७५।९।९ को निर्णयअनुसार शिक्षा¸ विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहने गरी व्यवस्थापन भएको थियो । मन्त्रालयको मिति २०७५।११।२३ को पत्रका आधारमा यसले एक जिल्ला स्तरीय संघीय कार्यालयको रुपमा स्थापना भई हालसम्म आफ्नो छुट्टै कोडमा आर्थिक कारोवारसहित वार्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
अर्को व्यवस्था नभएसम्मका लागि शिक्षासम्बन्धी प्रचलित कानुनको परिधिभित्र रही स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्था भित्र नपरेका साविक जिल्ला शिक्षा कार्यालयहरुले विगतमा सञ्चालन गरिरहेका शिक्षासम्बन्धी कार्यहरु गर्ने गरी इकाइलाई कार्यादेश दिइएको छ । जिल्ला शिक्षा कार्यालय खारेज हुँदा अभिलेख व्यवस्थापन, प्रमाणीकरण र हस्तान्तरण, शिक्षकहरुको औषधोपचार खर्च, बिरामी बिदाको रकम, उपदान, निवृत्तभरण जस्ता सुविधा सिफारिससम्बन्धी कार्यहरु, कक्षा १० र १२ को परीक्षा व्यवस्थापन, जिल्ला स्तरीय शैक्षिक तथ्याङ्क व्यवस्थापन, अन्तर स्थानीय तह र निकाय समन्वय तथा विद्यालय शिक्षाको विकासका लागि जिल्ला स्तरमा सञ्चालन हुने र हुनसक्ने कार्यक्रमहरुको लागि प्राविधिक सहयोगका लागि शिक्षा विकास तथा समन्वय इकाइको स्थापना गरिएको हो ।
२. शिक्षा विकास तथा समन्वय इकाइमा कार्यरत कर्मचारी विवरण